पप्पु गुरुङ्, १५ माघ, दोधारा । माहाकालीको एक पोल्ट्री फारममा आगलागी हुदा करिब १० लाख बराबर धनमालको क्षती भएको छ् । माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोलका रहेको दिलीप रोकायाको पोल्ट्री फारममा बिद्युत सर्च सर्किट हुदा आगलागी भएको स्थानिय दिल बहादुर सिंहले जानकारी दिएका छन् । कुखुरालाई न्यानो बनाउन हिटर बाल्ने क्रममा बिद्युत सर्च सर्किट हुन गई आज अपरान्ह करिब ५ बजे आगलागी भएको बताईएको छ् । आगलागी हुदा १४ सय कुुखुराका चल्ला जलेर नष्ट भएको स्थानिय सिंहले बताएका छन् । स्थानियहरुले आगलागीको खबर पाएपछि आगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

No comments:
Post a Comment